Kavyaarohan
About this book
यो पुस्तक "काव्यारोहण" आरोहण विराटनगरद्वारा सञ्चालन गरिएको कविता वाचन शृङ्खला "काव्यारोहण : आरोहण कवितायात्रा..." को पहिलो शृङ्खलामा वाचन गर्ने बाह्र जना कवि प्रत्येकका पाँच/पाँचवटा कविताको सङ्ग्रह हो।
हरेक महिना एक शृङ्खला सम्पन्न गर्ने उद्देश्यले सुरु गरिएको "काव्यारोहण : आरोहण कवितायात्रा..." कार्यक्रम वि.सं. २०७६ साल मङ्सिर ७ गते (नोभेम्बर २३, २०१९) मा प्रारम्भ भएको थियो। तर, कोरोना महामारीका कारण नियमित रूपमा सञ्चालन गर्न नसकिएपछि स्थगित रहन पुगेको यो पहिलो शृङ्खला, अन्ततः १२ वटा अनुक्रम पूरा गर्दै वि.सं. २०७९ साल असार ४ गते सम्पन्न भयो।
यस पहिलो शृङ्खलामा बैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ, कुन्ता शर्मा, सुमन पोखरेल, श्रवण मुकारुङ, बद्री भिखारी, मञ्जु काँचुली र भूपाल राईले आफ्ना कविता प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत कृति ती शृङ्खलामा वाचन गरिएका प्रतिनिधि कविताहरूको सङ्ग्रह हो।
..........................
'Kavyarohan' is a curated collection of poems featured in the first series of the poetry recitation event titled "Kavyarohan: Aarohan Poetry Journey..." organized by Aarohan Biratnagar. The anthology includes five selected poems each from twelve esteemed poets who participated in that inaugural series.
Launched on Mangsir 7, 2076 B.S. (November 23, 2019), the program was initially planned as a monthly series. However, due to disruptions caused by the COVID-19 pandemic, the sessions couldn't proceed as scheduled. Despite the setbacks, the first series—consisting of twelve sessions—was successfully concluded on Asar 4, 2079 B.S. (June 18, 2022).
The featured poets in this series include Bairagi Kainla, Tulasi Diwasa, Bam Dewan, Momila, Manprasad Subba, Tirtha Shrestha, Kunta Sharma, Suman Pokhrel, Shrawan Mukarung, Badri Bikhari, Manju Kanchuli, and Bhupal Rai.
This anthology presents a selection of representative poems recited by them during the series, reflecting a significant journey through the evolving landscape of contemporary Nepali poetry.